Titus 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्तिमास वा तुखिकसलाई मैले पठाउने बित्तिकै तिमीचाहिँ निकोपोलिसमा मलाई भेट्न जसरी भए पनि आऊ किनभने मैले त्यहीं नै हिउँदभरि बस्ने विचार गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दूर चेष्टा गर। किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निश्चय गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
अर्त्तिमास र टाइकिकसलाई म तिमी भएकहाँ पठाउँदैछु। तिनीहरूलाई पठाए पछि निकोपोलिसमा मलाई भेट्ने तिमी सक्दो कोशिश गर। यो हिउँद मैले त्यहाँ बिताउने निश्चय गरेकोछु।
Nepali Tamang 2011
ङाइ अर्तिमासदा तसै तुखिकसदा तसै ए मुबा ग्लारी पुइखला। थे खमैछ्याम ए खम्तेधोना ङादा ह्रुप तबारी निकोपोलिस भिबा ग्लारी खउ। तिग्दा भिसम ङाइ सेर्ख भर थेरीन चिबा सेम लबा मुला।