Zechariah 1:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मेरो दया देखाउनलाई म यरूशलेममा फर्की आएको छु। मेरो मन्दिर फेरि बनाइने र यो सहर फेरि नयाँ गरी बसालिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘कृपासहित म यरूशलेममा फर्कनेछु। त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। यरूशलेममा नाप्ने डोरी तन्काइनेछ,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण याहवेह यसो भन्नुहुन्छ: ‘म कृपालु भएर यरूशलेममा फर्कनेछु, र त्यहाँ मेरो भवनको पुनर्निर्माण हुनेछ। अनि नाप्ने डोरीले यरूशलेमलाई नापिनेछ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, परमप्रभु भन्नुहुन्छ, “म यरूशलेममा कृपा सहित जान्छु।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मेरो मन्दिर त्यहाँ पुनःनिर्माण गरिनेछ अनि नाप्ने डोरी यरूसलेममाथि तन्काइनेछ।