Zechariah 1:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसित बोलिरहेका स्‍वर्गदूतलाई मैले सोधें, “यी सिङहरूका अर्थ के हुन्?” स्‍वर्गदूतले उत्तर दिए, “यी सिङहरूले तिनै शक्तिशाली राज्‍यहरूलाई बुझाउँछन्, जसले यहूदा, इस्राएल र यरूशलेमका मानिसहरूलाई धपाएर छरपष्‍ट पारेका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मसित कुरा गरिरहने ती स्‍वर्गदूतलाई मैले सोधें, “यी के हुन्‌?” तिनले मलाई जवाफ दिए, “यी तीनै सीङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसँग कुरा गरिरहने स्वर्गदूतलाई मैले सोधेँ, “यी के हुन्?” “तिनले मलाई जवाफ दिए, यी सिङहरू हुन्, जसले यहूदा, इस्राएल र यरूशलेमलाई तितरबितर पारिदिएका थिए।”
Nepali ERV (पवित्र बाइबल)
अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?” उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”