Zechariah 1:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सोधें, “यी मानिसहरू के गर्न आएका हुन्?” उहाँले जवाफ दिनुभयो, “जुन जातिहरूले यहूदा देशलाई सम्पूर्णरूपले धुलोपिठो पारी त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पारेका थिए, ती जातिहरूलाई भयभीत पारी तिनीहरूको पतन गर्न यी कारिगरहरू आएका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सोधें, “यिनीहरू के गर्नलाई आइरहेका छन्?” तिनले जवाफ दिए, “एकैजना मानिसले पनि शिर खड़ा गर्न नसक्ने गरी यहूदालाई तितरबितर गर्ने सीङहरू यिनै हुन्, तर कारीगरहरूचाहिँ तिनीहरूलाई त्रासमा पार्न, र यहूदा देशको विरुद्धमा त्यसका मानिसहरूलाई तितरबितर पार्ने जातिहरूका सीङहरूलाई फालिदिन आएका हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?” उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरु किन आएकाछन्?” उहाँले भन्नुभयो, “यी सींङहरु जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरु ती देशहरु जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरु खडा पारे ती देशहरुलाई डर देखाउँन अनि तिनीहरुको सींङहरु फ्याँकिदिन आएका हुन्।”