Zechariah 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म अब तिमीहरूलाई भन्‍दै छु, ‘मकहाँ फर्की आओ र म तिमीहरूकहाँ फर्की आउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तैंले मानिसहरूलाई भन्‌: सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘मतिर फर्केर आओ,’ सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, ‘अनि म तिमीहरूतिर फर्कनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण मानिसहरूलाई भन्: सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘मकहाँ फर्क,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘अनि म तिमीहरूकहाँ फर्कनेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिमीहरुले मानिसहरुलाई यो सबै कुरा बताउनु पर्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म कहाँ आऊ अनि म फेरि तिमीहरुकहाँ फर्केर आउँनेछु।”