Zechariah 10:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरा प्रजालाई बलियो बनाउनेछु, तिनीहरूले मलाई पुज्‍नेछन् र मेरा आज्ञा मान्‍नेछन्।” परमप्रभुले बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई परमप्रभुमा सामर्थी तुल्‍याउनेछु, र तिनीहरू उहाँकै नाउँमा हिँड्‌डुल गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई याहवेहमा शक्तिशाली बनाउनेछु; अनि उहाँकै नाममा तिनीहरू सुरक्षित रहनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।