Zechariah 10:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजामाथि शासन गर्ने विदेशीहरूसित म रिसाएको छु र म तिनीहरूलाई सजाय दिनेछु। यहूदाका बासिन्‍दाहरू मेरा प्रजा हुन् र म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको हेरचाह गर्नेछु। तिनीहरू मेरा बलिया जङ्गी घोडाहरू बन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरो रीस गोठालाहरूमाथि पर्छ, म अगुवाहरूलाई दण्‍ड दिनेछु, किनकि सर्वशक्तिमान्‌ परमप्रभुले आफ्‍नो बगाल, यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ, र तिनीहरूलाई लड़ाइँको अहङ्कारी घोड़ाझैँ बनाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गोठालाहरूको विरुद्धमा मेरो रिस दन्कन्छ; अनि म अगुवाहरूलाई दण्ड दिनेछु; किनकि सेनाहरूका याहवेहले आफ्नो बगाल यहूदाको घरानालाई हेरचाह गर्नुहुनेछ; अनि तिनीहरूलाई लडाइँका जङ्गी घोडासमान तुल्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म गोठालोहरू प्रति एकदमै क्रोधित छु। म अगुवाहरूलाई दण्ड दिनेछु ।” (यहूदाका मानिसहरू परमेश्वरका निम्ति बगाल हुन् अनि सर्वशक्तिमान परमप्रभुले साँच्चै नै बगालको हेरचाह गर्नुहुन्छ। उहाँले त्यसको हेरचाह गर्नु हुन्छ, जस्तै कुनै सैनिकले आफ्नो घोडाको गर्छ।)

Recommended Reading