Zechariah 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका मानिसहरू विजयी हुनेछन् र बाटोको हिलोमा आफ्‍ना शत्रुहरूलाई कुल्‍चने सेनाझैँ बन्‍नेछन्। तिनीहरूले लडाइँ गर्नेछन् किनभने परमप्रभु तिनीहरूसित हुनुहुन्‍छ र तिनीहरूले घोडचढी शत्रुहरूलाई पनि हराउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू साथसाथै लड़ाइँमा आफ्‍ना शत्रुहरूलाई गल्‍लीको हिलोमा कुल्‍चीमिल्‍ची गर्ने शक्तिशाली मानिसझैँ हुनेछन्, किनभने परमप्रभु तिनीहरूसँग हुनुहुनेछ, तिनीहरूले लड़ाइँ गर्नेछन्, र घोड़ामा सवार हुनेहरूलाई पराजय गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले लडाइँका पराक्रमी योद्धाहरूझैँ तिनीहरूका शत्रुहरूलाई सडकका हिलोमा कुल्चनेछन्। तिनीहरूले लडाइँ गर्नेछन्; किनकि याहवेह तिनीहरूसँग हुनुहुन्छ; अनि शत्रुहरूका घोडसवारहरूलाई शर्ममा पर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू शक्तिशाली मानिसहरू जस्तै हुनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्।