Zechariah 10:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म यहूदाका मानिसहरूलाई बलियो पार्नेछु, म इस्राएलका मानिसहरूको उद्धार गर्नेछु। म तिनीहरूलाई दया गर्नेछु र सबैलाई घर फर्काएर ल्याउनेछु। मैले कहिल्यै नत्यागेका मानिसहरूझैँ तिनीहरू हुनेछन्, म तिनीहरूका परमप्रभु परमेश्वर हुँ, म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“म यहूदाको घरानालाई बलियो पार्नेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूको पुनर्स्थापन गर्नेछु, किनभने म तिनीहरूमाथि टिठ्याउनेछु। मैले तिनीहरूलाई इन्कार नगरेझैँ तिनीहरू हुनेछन्, किनभने म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म यहूदाको घरानालाई शक्तिशाली बनाउनेछु, र योसेफको घरानालाई बचाउनेछु। म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु; किनकि मलाई तिनीहरूप्रति दया भएको कारण तिनीहरू यस्ता हुनेछन्, मानौ मैले तिनीहरूलाई कहिल्यै त्यागेकै थिइनँ; किनकि म याहवेह तिनीहरूका परमेश्वर हुँ; अनि म तिनीहरूलाई जवाफ दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म यहूदाका कुललाई शक्तिशाली बनाउँने छु। म यूसुफको कुललाई बँचाउँनेछु। म तिनीहरूलाई फर्काएर ल्याउनेछु किनभने तिमीहरूमाथि मेरो दया जागेकोछ। यो यस्तो हुनेछ मानौं मैले तिनीहरूलाई कहिल्यै छाडेको छैन। म परमप्रभु तिनीहरूको परमेश्वर हुँ अनि म तिनीहरूलाई सहयोग गर्नेछु।