Zechariah 10:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका मानिसहरू योद्धाझैँ बलिया हुनेछन् र दाखमद्य पिएकाहरूझैँ हर्षित हुनेछन्। तिनीहरूका सन्तानहरूले यो विजयको कुरो याद गर्नेछन् र परमप्रभुको काम देखेर खुसी हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्। तिनीहरूका छोराछोरीहरूले त्यो देखेर रमाहट गर्नेछन्। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्; अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्। तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्; तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसंग आनन्द मनाउँनेछन्।