Zechariah 10:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे पनि टाढा-टाढाका देशमा तिनीहरूले मेरो सम्‍झना गर्नेछन्। आफ्‍ना छोरा-छोरीहरूसहित तिनीहरू बाँचिरहनेछन् र एकसाथ घर फर्कनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारें तापनि टाढ़ा-टाढ़ा देशहरूमा तिनीहरूले मेरो सम्‍झना गर्नेछन्‌। तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्‍नेछन्‌ र फर्कनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई मानिसहरूको बीचमा तितरबितर पारे तापनि तिनीहरूले मलाई टाढा देशहरूमा सम्झना गर्नेछन्। तिनीहरू र तिनीहरूका सन्तानहरू जीवित रहनेछन्; अनि तिनीहरू फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हो, मैले सबै मानिसहरूलाई आफ्ना देशमा छरपष्ट पारें तर ती देशहरूले मलाई याद गर्नेछन्। अनि उनीहरूका सन्तानहरू बाँचि रहनेछन् अनि फर्केर आउँनेछन्।

Recommended Reading