Zechariah 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “तेरो ज्‍याला मन्‍दिरको भण्‍डारमा दे।” तब मैले ती चाँदीका तीस टुक्रा तिनीहरूले मलाई योग्‍य ठानेर दिएको मेरो बहुमूल्‍य दाम मन्‍दिरको भण्‍डारमा दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यो पैसा कुमालेलाई फ्‍याँकिदे”— यो बहुमूल्‍य दाम जो तिनीहरूले मेरो निम्‍ति लगाए। तब मैले चाँदीका ती तीस टुक्रा लगेर परमप्रभुका भवनको भण्‍डारमा कुमालेको निम्‍ति फालिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले मलाई भन्‍नुभयो, “यस चाँदीलाई कुमालेको अगि फालिदे,” अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ।