Zechariah 11:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्नो बगालमाथि एउटा गोठालो खटाएको छु तर त्यसले नष्ट हुन लागेका भेडाहरूलाई मद्दत गर्दैन, हराएकाहरूलाई खोज्दैन, चोट लागेकाहरूलाई निको पार्दैन र स्वस्थ भेडाहरूलाई घाँस खुवाउँदैन। बरु त्यसले मोटो-मोटो भेडाको मासु खान्छ र तिनीहरूका खुर च्यातिदिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म यस देशमा यस्तो एउटा गोठालो खड़ा गर्नेछु, जसले हराएकाहरूलाई हेरचाह गर्नेछैन, न त छरपष्ट भएकाहरूलाई भेला गर्नेछ, न चोट लागेकाहरूलाई निको पार्नेछ, न त निरोगीहरूलाई चराउनेछ, तर त्यसले राम्रा भेड़ाका खुर च्यातेर तिनीहरूको मासु खानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म देशमाथि एउटा गोठालो खडा गर्न लागेको छु, जसले हराएकालाई वास्ता गर्दैन, न त सानाहरूलाई खोज्छ, न त चोट लागेकाहरूलाई निको पार्छ, न त स्वस्थलाई खुवाउँछ; तर असल भेडाहरूलाई तिनीहरूको खुर च्यात्दै तिनीहरूको मासु खानेछ।
Nepali ERV (पवित्र बाइबल)
म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”