Zechariah 11:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए सल्लाका रूखहरू, रोओ र बिलौना गर! देवदारुका रूखहरू ढले, ती गौरवपूर्ण रूखहरू नष्ट भए। ए बाशानका फलाँटका रूखहरू हो, रोओ र बिलौना गर! घना जङ्गलका रूखहरू ढालिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारु ढलेको छ, र अल्गा र सुन्दर रूखहरू नष्ट भएका छन्। ए बाशानका फलाँटका रूखहरू हो, विलाप गर, किनभने घनघोर जङ्गल फाँड़िएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे धूपी सल्ला, विलाप गर्; किनकि देवदारु नष्ट भएको छ; सानदार रूखहरू नष्ट भएका छन्! बाशानका फलाँटका रूखहरू विलाप गर; घना जङ्गल काटेर ढालिएको छ!
Nepali ERV (पवित्र बाइबल)
बाशानका सल्लोको रूखहरू रूनेछन् किनकि देवदारका रूखहरू लडे। महान रूखहरू ध्वंश गराइए। बाशानका फलाँटका रूखहरू त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
Recommended Reading