Zechariah 11:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(परमप्रभु भन्नुहुन्छ, “यस देशमा म कसैलाई टिठ्याउँदिनँ। म आफैंले सबै मानिसहरूलाई तिनीहरूका राजाका हातमा पारिदिनेछु। ती राजाहरूले देश ध्वंस पार्नेछन् र म तिनीहरूका हातबाट यो देशलाई बचाउनेछैनँ।”)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने देशका मानिसहरूलाई म टिठ्याउनेछैनँ,” परमप्रभु भन्नुहुन्छ। “म हरेकलाई त्यसकै छिमेकीको हातमा र त्यसकै राजाको हातमा सुम्पिदिनेछु। उनीहरूले देशलाई अत्याचार गर्नेछन्, र उनीहरूका हातदेखि म तिनीहरूलाई छुटाउनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै अब उसो म यस देशका मानिसहरूमाथि दया देखाउनेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। “म हरेक मानिसलाई तिनीहरूका छिमेकीहरू र तिनीहरूको राजाको हातमा सुम्पिदिनेछु। तिनीहरूले देशमाथि अत्याचार गर्नेछन्, तर म तिनीहरूलाई उनीहरूका हातबाट छुटाउनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन। परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोकनेछैन।”