Zechariah 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भेडा ल्‍याउनेहरू र बेच्‍नेहरूले मलाई गोठालो खटाए र म ती काटिन लगिएका भेडाहरूको गोठालो भएँ। मैले हातमा दुईवटा लाठो लिएँ— एउटाको नाम ‘अनुग्रह’ र अर्कोको नाम ‘एकता’ राखें। मैले भेडाहरूका बगाललाई चराएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले काटिनलाई राखिएका भेड़ाबाख्राहरूको बगाललाई मैले चराएँ, विशेष गरी बगालका थिचोमिचोमा परेकाहरूलाई। अनि मैले आफ्‍नो निम्‍ति दुई वटा लौरा लिएँ— एउटाको नाउँ मैले ‘अनुग्रह’ राखें, र अर्कोको ‘एकता’— र मैले बगाललाई चराएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण काटिनका निम्ति चिन्ह लगाइएको बगाललाई, विशेष गरी अत्याचारमा परेको बगाललाई मैले गोठालो गरेँ। तब मैले दुई वटा लहुरो लिएँ; अनि एउटालाई अनुग्रह र अर्कोलाई एकता नाम दिएँ, र मैले बगाललाई चराएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी मैले ती भेडाहरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरें।