Zechariah 11:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि त्‍यस बगालले मलाई घृणा गर्‍यो र म तिनीहरूसँग वाक्‍क भएँ। मैले भेडाहरूका बगाललाई भनें, “म अब तिमीहरूको गोठालो हुनेछैनँ। जो-जो मर्नेछन्, मरून्। नष्‍ट हुनेहरू, नष्‍ट होऊन्। बाँचिरहेकाहरूलेचाहिँ एक-अर्काको मासु खाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, “म तिमीहरूको गोठालो हुनेछैनँ। मर्नेहरू मरिरहून्, नष्‍ट हुनेहरू नष्‍ट भइरहून्, र बाँचिरहनेचाहिँ एउटाले अर्काको मासु खाऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले भनेँ, “म तिमीहरूका गोठाला हुनेछैनँ। मर्नेहरू मरून् र नाश हुनेहरू नाश होऊन्। जो बाँकी रहेका छन्, तिनीहरूले एक-अर्काका मासु खाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”