Zechariah 12:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, जसले उच्‍चमा आकाश फैलाउनुभयो, पृथ्‍वी रच्‍नुभयो र मानिसलाई जीवन दिनुभयो, उहाँले इस्राएलबारे एउटा सन्‍देश दिनुभयो। उहाँ भन्‍नुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको विषयमा परमप्रभुको वचन यही हो। आकाश फैलाउनुहुने, पृथ्‍वीको जग बसाल्‍नुहुने र मानिसको आत्‍मा त्‍यसभित्र रच्‍नुहुने परमप्रभु घोषणा गर्नुहुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा अगमवाणी: इस्राएलको बारेमा याहवेहको वचन। याहवेह, जसले आकाशलाई फैलाउनुभयो, पृथ्वीको जग बसाल्नुभयो; अनि मानिसभित्र त्यसको आत्मा रच्नुभयो, उहाँ घोषणा गर्नुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,