Zechariah 12:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दाऊदका सन्‍तानहरू र यरूशलेमका अरू मानिसहरूलाई दया र प्रार्थनाको आत्‍माले भरपूर पार्नेछु। तिनीहरूले आफूले घोचेर मारेको मानिसलाई हेर्नेछन् र मानिसहरूले एउटै मात्र सन्‍तानमाथि बिलौना गरेझैँ त्‍यसको निम्‍ति तिनीहरूले बिलौना गर्नेछन्। आफ्‍नो जेठो छोरो मर्दा गरेजस्‍तो तिनीहरूले ठूलो शोक गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि म दाऊदको घराना र यरूशलेमका बासिन्‍दाहरूमाथि अनुग्रह र नम्र-निवेदन गर्ने आत्‍मा खन्‍याउनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्, र जसरी एकमात्र छोराको लागि कोही शोक गर्दछ, त्‍यसरी नै तिनीहरू उनको लागि शोक गर्नेछन्, पहिले जन्‍मेको पुत्रको निम्‍ति गरेजस्‍तै शोक गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि म दावीदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र प्रार्थनाको आत्मा खन्याइदिनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका थिए; अनि कसैले आफ्नो एउटै मात्र बालकको निम्ति बिलौना गरेझैँ, तिनको निम्ति बिलौना गर्नेछन्; अनि कसैले आफ्नो पहिले जन्मेको जेठा छोराको निम्ति अति शोक गरेझैँ तिनीहरूले तिनको निम्ति शोक गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।