Zechariah 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो समय आउँदा पृथ्वीका सारा जातिहरू त्यसको विरुद्धमा आक्रमण गर्न आ-आफ्ना सेना भेला गर्नेछन्। तर म यरूशलेमलाई एउटा गह्रौं ढुङ्गोझैँ बनाउनेछु। त्यसलाई उचाल्न खोज्ने जुनै जाति पनि आफैं घाइते हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन जब पृथ्वीका सबै जाति त्यसको विरुद्धमा जम्मा हुनेछन्, म यरूशलेमलाई सबै जातिहरूका निम्ति एउटा अटल चट्टान तुल्याइदिनेछु। त्यसलाई चलाउने सबैले साह्रै चोट पाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन जब पृथ्वीका सारा राष्ट्रहरू त्यसको विरुद्धमा भेला हुन्छन्, म यरूशलेमलाई सबै राष्ट्रहरूका निम्ति एउटा नहल्लिने चट्टान बनाइदिनेछु। त्यसलाई हटाउन खोज्नेहरू आफैँ घाइते हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर त्यदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लडनेछन्।