Zechariah 12:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला म तिनीहरूका सबै घोडाहरूलाई तर्साउनेछु र सवारहरूलाई बौलाहा तुल्याउनेछु। म यहूदाका मानिसहरूलाई रक्षा गर्नेछु तर तिनीहरूका शत्रुहरूका घोडाहरूलाई अन्धा पारिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन म हरेक घोड़ालाई तर्साउनेछु र त्यसको सवारलाई पागल तुल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ। “यहूदाको घरानामाथि म मेरो दृष्टि राख्नेछु, तर जाति-जातिको हरेक घोड़ालाई म अन्धो तुल्याइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन म प्रत्येक घोडालाई त्रसित पार्नेछु र त्यसमाथि सवार हुनेलाई पागलपनाले प्रहार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म यहूदाको घरानामाथि दृष्टि लगाइराख्नेछु, तर म राष्ट्रहरूका सबै घोडाहरूलाई अन्धा तुल्याइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर म घोडाहरूलाई भयभित पारिदिनेछु अनि घोडसवारहरू डराउँनेछन्। म शत्रुका सबै घोडाहरूलाई अन्धा बनाइदिनेछु। तर मेरा आँखाहरू अन्धा हुनेछैन। अनि म यहूदाका कुलका मानिसहरुलाई रक्षा गर्नेछु।