Zechariah 12:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यस बेला यहूदाका अगुवाहरूलाई म जङ्गलको वा अन्नबाली पाकिरहेको खेतमा सल्केको डढेलोझैँ बनाउनेछु। चारैपट्टिका सबै जातिहरूलाई तिनीहरूले भस्म पार्नेछन्। तर यरूशलेमका मानिसहरू भने सहरमा सुरक्षित रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा आगोको मकलजस्तै र बिटाहरूका बीचमा जल्दोबल्दो राँकोजस्तै तुल्याउनेछु। तिनीहरूले चारैतिरका, दाहिने र देब्रे हाततिरका, सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेम आफ्नै स्थानमा कायम रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा भएको आगोको मकलझैँ र अन्नको बिटाहरूको बीचमा दन्केको आगोको राँकोझैँ बनाउनेछु। तिनीहरूले दायाँपट्टि र बायाँपट्टि चारैतिर भएका सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेमचाहिँ आफ्नो स्थानमा सुरक्षित रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा यहूदाका परिवारलाई जंङ्गलमा लागि रहेको डढेलो जस्तै बनाउँनेछु, मुठ्ठाहरूको बीचमा बल्दै गरेको राँकोहरू जस्तै तिनीहरूले चारैतिरका शत्रुहरूलाई नष्ट गर्नेछन् अनि यरूशलेमका बासिन्दाहरू फेरि बस्ने अनि आराम गर्ने स्थितिमा हुनेछन्।