Zechariah 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला यरूशलेमका बासिन्‍दाहरूलाई परमप्रभुले रक्षा गर्नुहुनेछ र तिनीहरूमाझका सबैभन्दा दुर्बल पनि दाऊद जत्तिकै बलियो बन्‍नेछ। दाऊदका सन्‍तानहरूले परमप्रभुको दूतले झैँ, अँ, परमेश्‍वर आफैंले झैँ तिनीहरूको अगुवाइ गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन परमप्रभुले यरूशलेमका बासिन्‍दाहरूको रक्षा गर्नुहुनेछ, अनि तिनीहरूमध्‍ये जो सबैभन्‍दा कमजोर छ त्‍यो दाऊदझैँ हुनेछ, र दाऊदको घराना परमेश्‍वरझैँ, र तिनीहरूका अगिअगि जाने परमप्रभुको स्‍वर्गदूतझैँ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन याहवेह यरूशलेममा बस्‍नेहरूको ढाल हुनुहुनेछ, र तिनीहरूमध्ये अति दुर्बल दावीदझैँ र दावीदको घरानाचाहिँ परमेश्‍वरझैँ, अर्थात् तिनीहरूका अगि-अगि जाने याहवेहका स्वर्गदूतझैँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।