Zechariah 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला म त्‍यस देशबाट मूर्तिहरूको नाम-निशाना मेटिदिनेछु र फेरि कसैले तिनीहरूको सम्‍झना गर्नेछैन। आफैंलाई म अगमवक्ता हुँ भनी भन्‍नेहरूलाई र अशुद्ध आत्‍मालाई म देशबाट हटाइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म त्‍यस दिन देशबाट देवताहरूको नाउँनिशानै मेटिदिनेछु, र तिनीहरूको सम्‍झना नै हुनेछैन। अगमवक्ताहरू र अशुद्ध आत्‍मालाई पनि देशबाट म निकालिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।