Zechariah 13:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि कसैले अगमवाणी बोल्ने ढिपी गर्छ भने त्यसका आफ्ना आमा-बुबाले नै त्यसलाई तँ मारिनुपर्नेछ भन्नेछन् किनभने त्यसले परमप्रभुको वचन बोल्दै छु भन्छ; तर त्यसले झूटै कुरा बोल्छ। त्यसले अगमवाणी गर्दा त्यसैका आमा-बुबाले त्यसलाई घोचेर मार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अझै कसैले अगमवाणी गर्यो भने, त्यसलाई जन्माउने बुबा-आमाले त्यसलाई भन्नेछन्, ‘तँ मर्नैपर्छ, किनभने तैंले परमप्रभुको नाउँमा झूटा बोलेको छस्।’ त्यसले अगमवाणी गर्दा त्यसलाई जन्माउने बुबा-आमाले त्यसलाई वारपार घोचिदिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले अगमवाणी गरे त्यसले दण्ड पाउँनेछ। यहाँ सम्म कि त्यसको आफ्नो आमा-बाबुले पनि भन्नेछन्, ‘तैंले परमप्रभुको नाउँमा झूटो बोलिस्। यसकारण तँ मर्नु पर्छ।’ त्यसको आमा-बाबुले अगमवाणी गरेकोमा त्यसलाई छुराले रोपिदिनेछन्।