Zechariah 13:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “ए तरवार! उठ् र मेरो काम गर्ने गोठालोलाई हमला गर्, त्यसलाई मार् र भेडाहरू छरपष्ट हुनेछन्। म आफ्नो प्रजामाथि आक्रमण गर्नेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए तरवार, मेरो गोठालाको विरुद्धमा उठ्, नजिकका मानिसको विरुद्धमा, जो मेरो सङ्गी हो,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “गोठालालाई हिर्का, र भेड़ाहरू तितरबितर हुनेछन्, र मेरो हात सानाहरूका विरुद्धमा म उठाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्; तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “गोठालोलाई प्रहार गर्, र भेडाहरू तितरबितर हुनेछन्; अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।