Zechariah 14:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि यरूशलेममाथि आक्रमण गर्ने जाति-जातिहरूबाट बाँचेकाहरू जति सबै सर्वशक्तिमान् परमप्रभुलाई राजा मानी पुज्न र छाप्रो बासको चाड मनाउन यरूशलेममा हरेक वर्ष जानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूबाट बाँचेका मानिसहरू प्रत्येक वर्ष महाराजा, सेनाहरूका याहवेहलाई दण्डवत् गर्न र छाप्रोबासको चाड मनाउनलाई जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक र्बष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक र्बष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्।