Zechariah 14:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम र सारा यहूदियामा भएका पकाउने भाँडा-कुँडाहरू पनि सर्वशक्तिमान् परमप्रभुको अघि पवित्र मानिनेछन्। ती भाँडा-कुँडाहरू बलि चढाउने मानिसहरूले बलिको मासु पकाउन चलाउनेछन्। त्यो समय आएपछि सर्वशक्तिमान् परमप्रभुको मन्दिरमा कोही पनि व्यापारी रहनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा र यहूदामा भएका हरेक भाँड़ा सर्वशक्तिमान् परमप्रभुको निम्ति पवित्र ठहरिनेछ, र बलिदान चढ़ाउने सबै मानिसहरू आएर कुनै-कुनै भाँड़ा लिएर तिनमा नै पकाउनेछन्। अनि त्यस दिन सर्वशक्तिमान् परमप्रभुको भवनमा फेरि कहिल्यै एउटै कनानी पनि हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेम र यहूदामा भएका प्रत्येक भाँडा सेनाहरूका याहवेहका निम्ति पवित्र ठहरिनेछन्; अनि ती भाँडाहरू लिएर बलिदान चढाउन आउने सबैले त्यसैमा पकाउनेछन्। अनि त्यस दिन सेनाहरूका याहवेहको भवनमा फेरि कहिल्यै कनानी हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ। अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।