Zechariah 14:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूचाहिँ डाँडा दुई भागमा छुट्टिएर बनिएको बेसीको बाटो भएर भाग्‍नेछौ। यहूदाको राजा उज्‍जियाहको पालोमा भूइँचालो जाँदा तिम्रा पिता-पुर्खाहरू जसरी भागेका थिए, त्‍यसरी नै तिमीहरू भाग्‍नेछौ। परमप्रभु मेरा परमेश्‍वर सबै स्‍वर्गदूतहरूलाई साथमा लिएर आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मेरो पर्वतको खोल्‍साबाट भएर भाग्‍नेछौ, किनकि त्‍यो आसेलसम्‍म फैलिनेछ। यहूदाका राजा उज्‍जियाहको पालोमा आएको भूकम्‍पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्‍नेछौ। तब परमप्रभु मेरा परमेश्‍वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू मेरो पर्वतको बेँसीहुँदै भाग्नेछौ; किनकि त्यो आसेलसम्म फैलिनेछ। जसरी तिमीहरू यहूदाका राजा उज्जियाहको दिनमा भुइँचालोबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नेछौ। तब याहवेह मेरा परमेश्‍वर सबै पवित्र जनहरूसँग आउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।