Zechariah 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला धेरै जातिहरू परमप्रभुकहाँ आउनेछन् र उहाँका प्रजा बन्‍नेछन्। उहाँ तिमीहरूका माझमा बास गर्नुहुनेछ र मलाई उहाँले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरू जान्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस दिन धेरै जातिहरू परमप्रभुमा मिल्‍न आउनेछन्, र मेरा प्रजा हुनेछन्‌। म तिमीहरूका बीचमा वास गर्नेछु र तिमीहरूले जान्‍नेछौ कि सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन धेरै राष्ट्रहरू याहवेहसँग मिल्न आउनेछन् र मेरा मानिसहरू हुनेछन्। म तिमीहरूका बीचमा रहनेछु र तिमीहरूले जान्‍नेछौ, कि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
त्यससमय धेरै जातिका मानिसहरु परमप्रभु कहाँ आउँनेछन्, अनि तिनीहरु मेरा मानिस हुनेछन्। म तिमीहरुको बीचमा बस्नेछु। अनि तिमीहरुले जान्नेछौ कि सर्वशक्तिमान परमप्रभुले मलाई तिनीहरुकहाँ पठाउनु भएको हो।”