Zechariah 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्‍यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्‍य लुगा लगाइदिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती स्‍वर्गदूतले आफ्‍नो सामुन्‍ने उभिरहनेहरूलाई भने, “त्‍यसको फोहोर लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यतिबेला स्वर्गदूतले उसको छेउमा उभिएका अरू स्वर्गदूतहरुलाई भने, “यहोशूको मैला लुगा खोलिदेऊ।” तब स्वर्गदूतले यहोशूसंग कुरा गरे। उसले भने, “हेर मैले तिम्रो अपराधहरु टाढा गरिदिएँ अनि म तिमीलाई नयाँ लुगा लगाउन दिइरहेछु।”