Zechariah 3:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्यसै गरे र उनको जिउमा बहुमूल्य लुगा पनि लाइदिए। स्वर्गदूतचाहिँ त्यहीँ उभिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले भनें, “तिनको शिरमा एउटा सफा फेटा लगाइदेऊ।” यसैले तिनीहरूले तिनलाई एउटा सफा फेटा र लुगा लगाइदिए, र परमप्रभुका स्वर्गदूत नजिक उभिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले भनें, “त्यसको शिरमा एउटा नयाँ फेटा बाँधिदेऊ।” यसकारण तिनीहरुले उसको टाउको वरिपरि नयाँ फेटा बाँधिदिए। जतिबेला स्वर्गदूत उसको नजिक उभिइरहेका थिए, तिनीहरुले उसलाई नयाँ लुगा लगाई दिए।