Zechariah 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्दिर र त्यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘यदि तँ मेरो मार्गमा हिँड़िस् र तैंले मेरा आज्ञा पालन गरिस् भने, तँ मेरो घरको जिम्मेवार र मेरो मन्दिरको हेरचाह गर्ने हुनेछस्, र यी यहाँ उभिरहनेहरूका बीचमा म तँलाई एउटा स्थान दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रपभुले यी सबै कुरा भन्नुभयो, “यदि तिमाले मैले भने जस्तै गरी बस्यै अनि मेरो सेवा गर्यौ भने, तिमीले मेरो मन्दिरमा न्याय गर्नेछौ। तिमीले यसको आँगनको हेरचाह गर्नेछौ अनि म तिमीलाई यहाँ उभिरहेका स्वर्गदूतलाई झैं स्वतन्त्रसित हिंडडुल गर्नेदिनेछु।