Zechariah 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्‍नेछु। म त्‍यसमा केही अक्षर खोप्‍नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशूको सामु राखिएको ढुङ्गालाई हेर्‌। त्‍यसमा सात वटा आँखा छन्, र म त्‍यसमा लेखोट खोप्‍नेछु, र एकै दिनमा यस देशको पाप हटाउनेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
हेर! मैले एउटा ढुङ्गा यहोशूको छेउमा राखें। त्यस ढुङ्गाको सातवटा आँखाहरुछन् अनि म त्यस ढुङ्गामा बिशेष समचार खोप्नेछु, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म एकै दिनमा यो भूमिका सबै पापहरु निकालिदिनेछु।”