Zechariah 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “कैदबाट फर्की आएका हेल्‍दै, तोबियाह र यदायाहले दिएका सुन र चाँदी लिई झट्टै सपन्‍याहको छोरो योशियाहको घर जा। यी सबै मानिसहरू बेबिलोनका कैदबाट फर्की आएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बेबिलोनको निर्वासनबाट आएका हेल्‍दै, तोबियाह र यदायाहबाट भेटी ली। त्‍यही दिन सपन्‍याहको छोरो योशियाहको घरमा जा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बेबिलोनबाट आइपुगेका निर्वासितहरू हेल्दै, तोबियाह र यदायाहबाट सुनचाँदी लिएर त्यही दिन सपन्याहका छोरा योशियाहको घरमा जा।
Nepali ERV (पवित्र बाइबल)
“निर्वासित हेल्दै, तोबियाह, अनि यदायाह बाबेलको कैदबाट आएका छन्। तिनीहरूलाई आजै लैजाऊ अनि सपन्याहको छोरा योशियाहाको घरमा जाऊ।