Zechariah 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले त्‍यो बनाइसिद्ध्याउनेछ र राजाले पाउने मान पाउनेछ र त्‍यसले आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछ। त्‍यसका सिंहासनछेउ एक पूजाहारी खडा रहनेछ र ती दुईले शान्‍ति र मेल-मिलापका साथ काम गर्नेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले नै परमप्रभुको मन्‍दिर बनाउनेछ, र त्‍यो महामहिमाले पहिर्‍याइनेछ, र आफ्‍नो सिंहासनमा विराजमान भएर राज्‍य गर्नेछ, र त्‍यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
हो, उसले परमप्रभुको मन्दिर निर्माण गर्नेछ अनि सम्मान गरिनेछ। यो आफ्नो सिंहासनमा बस्नेछ ऊ शासन गर्नेछ। ऊ उसको सिंहासनमा पूजाहारी हुनेछ र उसले तिनीहरूको बिचमा शान्तिको कार्य गर्नेछ।’