Zechariah 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाढाका मानिसहरू आएर परमप्रभुको मन्‍दिर फेरि बनाउने काममा मद्दत गर्नेछन्। मन्‍दिर बनिसकेपछि मलाई सर्वशक्तिमान् परमप्रभुले तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले बुझ्‍नेछौ। तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञाहरू सम्‍पूर्णरूपले पालन गर्‍यौ भने यो कुरो पूरा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो टाढ़ा-टाढ़ामा छन्, ती आएर परमप्रभुको मन्‍दिर बनाउन सघाउनेछन्, र सर्वशक्तिमान्‌ परमप्रभुले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। तिमीहरूले मन लगाएर परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञा मान्‍यौ भनेदेखि सो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टाढा-टाढाबाट मानिसहरू आउनेछन्, र याहवेहको मन्दिर बनाउन सहायता गर्नेछन्; अनि सेनाहरूका याहवेहले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ। अनि यदि तिमीहरूले होसियारीसाथ याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यो पूरा हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
टाढा-टाढाका मानिसहरु आएर परमप्रभुको मन्दिर बनाउँनेछन्। तब मानिसहरूले जान्नेछन् कि सर्वशक्तिमान परमप्रभुले मलाई तिमीहरुकहाँ पठाउनु भएको हो। अनि परमप्रभु परमेश्वरले तिमीहरूलाई जे अह्राउनु हुन्छ त्यो गर्यौ भने यी सबै कुराहरू हुनेछ।”