Zechariah 8:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको अघि कसैले ज्‍यालामा वा भाडामा कुनै मानिस वा पशु राख्‍न सक्‍दैनथ्‍यो, कोही पनि शत्रुबाट सुरक्षित थिएन किनभने मैले मानिसहरूलाई आपसमा शत्रुता गराएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस समयभन्‍दा अघि मानिस र पशुको निम्‍ति ज्‍याला थिएन। शत्रुको कारण कुनै मानिस सुरक्षासहित आफ्‍नो काममा जान सक्‍दैनथे, किनकि मैले सबै मानिसहरूलाई आफ्‍नो छिमेकीको विरुद्धमा खड़ा गरेको थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो समयभन्दा अगि कुनै पनि मानिसको निम्ति ज्याला दिइँदैनथ्यो र पशुहरूलाई भाडामा लिइँदैनथ्यो। किनकि तिनीहरूका शत्रुहरूको कारण कोही पनि आफ्नो व्यवसायमा सुरक्षापूर्वक जान सक्दैनथिए; किनभने मैले हरेक मानिसलाई तिनीहरूको छिमेकीको विरुद्धमा खडा गरेको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
त्यो समय मानिसहरूसंग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ।