Zechariah 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले शान्‍तिमा आफ्‍ना बाली रोप्‍नेछन्। तिनीहरूका दाखका बोटहरूमा फल लाग्‍नेछन्। जमिनले अन्‍न उमार्नेछ र पुग्‍दो झरी बर्सनेछ। मेरा जातिका बाँचेका मानिसहरूलाई म यी आशिष् दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बीउ राम्ररी उब्‍जनेछ, दाखको बोटले फल दिनेछ, जमिनले त्‍यसको अन्‍न उब्‍जाउनेछ, र आकाशले शीत झार्नेछ। म यस प्रजाको बाँकी रहेका मानिसहरू यी सबै कुरा उत्तराधिकारको रूपमा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बिउ राम्रोसँग उम्रिनेछ, दाखले राम्ररी फल फलाउनेछ, भूमिले अन्‍नबाली फलाउनेछ र आकाशले शीत झार्नेछ। बाँकी रहेका यी जातिहरूलाई पैतृक सम्पत्तिको रूपमा यी सबै कुरा म दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले शान्तिसंग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु।