Zechariah 8:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “तिम्रा पुर्खाहरूले जब मलाई रिस उठाए, मैले तिनीहरूमाथि विपत्ति ल्याउने उपाय बनाएँ र त्योअनुसार मन नबदलीकन काम गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूलाई विपत्ति ल्याउने अठोट गरेथें र मैले पछितो गरिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।