Zechariah 8:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा राखिने उपवासहरू यहूदाका मानिसहरूको निम्ति हर्ष र आनन्दका चाडहरू हुनेछन्। तिमीहरूले सत्य र सुख-शान्तिलाई प्रेम गर्नैपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “चौथो, पाँचौँ, सातौँ र दशौँ महिनामा हुने उपवासहरू यहूदाको निम्ति रमाहट, खुशीका समय र आनन्दका चाड़हरू हुनेछन्। यसैकारण तिमीहरू सत्य र शान्ति रुचाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यहूदाको निम्ति चौथो, पाँचौँ, सातौँ र दसौँ महिनाका उपवासहरू आनन्दमय, हर्षमय र सुखमय चाडहरू हुनेछन्। यसैकारण सत्यता र शान्तिलाई प्रेम गर।”
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिम्रो शोक मनाउँने अनि उपवासको बिशेष दिन चौथो महीना, पाँचौं महीना, सातौं महीना अनि दशौं महीनामा हो। त्यो शोकको दिनलाई खुशीको दिनमा बद्ली गर। ती दिन र्हष अनि आनन्दको उत्सवहरू र पवित्र बिदाका दिनहरू हुनेछन्, र तिमीहरूले सत्य शान्तिलाई प्रेम गर्नु पर्छ।”