Zechariah 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म यरूशलेमका बासिन्दाहरूलाई औधी माया गर्छु। त्यसैले म तिनीहरूलाई सहायता गर्ने ठूलो इच्छा राख्दछु र म तिनीहरूका शत्रुहरूसित रिस गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “सियोनको निम्ति म साह्रै डाही भएको छु। म त्यसको निम्ति डाहले जलिरहेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “म सियोनको निम्ति अति डाही भएको छु; म त्यसको निम्ति डाहले जलिरहेको छु।”
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म साँच्चै नै सियोन पर्वतलाई प्रेम गर्छु। म तिनलाई यति साह्रो प्रेम गर्छु, तर तिनी मेरो बिश्वासनीय भइनन् अनि म तिनीसंग क्रोधित भएँ।”