Zechariah 8:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा सहरका मानिसहरूले अर्को सहरमा गई यसो भन्‍नेछन्, ‘हामी सर्वशक्तिमान् परमप्रभुलाई पुज्‍न र उहाँको आशीर्वादको निम्‍ति प्रार्थना गर्न जाँदै छौं। हामीहरूसित आओ!’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र एउटा सहरका बासिन्‍दाहरू अर्को सहरमा यसो भन्‍दै जानेछन्, ‘परमप्रभुलाई बिन्‍ती चढ़ाउन तुरुन्‍त जाऔं र सर्वशक्तिमान्‌ परमप्रभुलाई खोजौं। म आफै पनि जानेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ गएर भन्‍नेछन्, ‘हामी याहवेहकहाँ बिन्ती गर्न र सेनाहरूका याहवेहलाई खोज्न जाऔँ, र म पनि जानेछु।’
Nepali ERV (पवित्र बाइबल)
एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्, ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं, ‘हामीसित आऊ।”