Zechariah 8:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनमा अरू जाति र भाषाका दश जना मानिसहरू एक जना यहूदीकहाँ आएर यसो भन्‍नेछन्, ‘हामीहरूलाई तिमीहरूसँग जान देओ किनभने परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ भनी हामीले सुनेका छौं।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “ती दिनमा सबै जाति-जातिबाट र सबै भाषा बोल्‍नेहरूमध्‍येबाट दश जना मानिसले एउटा यहूदीलाई लुगाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “ती दिनहरूमा सबै भाषा बोल्नेहरू र सबै राष्ट्रहरूबाट, दश जना मानिसहरूले एक जना यहूदीको लबेदाको किनार समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्; किनकि हामीले सुनेका छौँ, कि तपाईंसँग परमेश्‍वर हुनुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, “हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?”‘