Zechariah 8:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“साहसी होओ! मेरो मन्दिर फेरि नयाँ गरी बनाउन जग बसाल्दैगरेका समयमा अगमवक्ताहरूले जे वचन भनेका थिए, ती कुरा नै अहिले तिमीहरू सुनिरहेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू, जसले अहिले ती अगमवक्ताहरूद्वारा भनेका वचनहरू सुन्दछौ, जो सर्वशक्तिमान् परमप्रभुका भवनको जग बसाल्दा त्यहाँ थिए, तिमीहरूका हातहरू बलिया होऊन् कि मन्दिरको निर्माण हुन सकोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “आज तिमीहरूले यी वचनहरू सुन, ‘तिमीहरूका हातहरू बलिया बनाओ, ताकि मन्दिर निर्माण होस्।’ सेनाहरूका याहवेहको भवनको निम्ति जग बसालिँदा, त्यहाँ उपस्थित भएका अगमवक्ताहरूले पनि यही वचनहरू भनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “शक्तिशाली होऊ! तिमीहरू आज त्यही सन्देश सुनिरहेकाछौ, जुन अगमवक्ताहरूले पहिलाबाटै भन्दै थिए जब सर्वशक्तिमान परमप्रभुले आफ्ना मन्दिर बनाउनका निम्ति फेरि जग बसाल्नु भएको थियो।