Zechariah 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदालाई योद्धाको धनु र एफ्राइमलाई काँडजस्‍तो गरी म चलाउनेछु। ग्रीस देशका मानिसहरूका विरुद्धमा लडाइँ गर्न म सियोनका मानिसहरूलाई तरवारझैँ चलाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्‍यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्‍याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, म तेरा छोराहरूलाई, ग्रीसका छोराहरूको विरुद्धमा सुर्‍याउनेछु; अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।