Zechariah 9:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफ्ना प्रजाकहाँ देखा पर्नुहुनेछ, आफ्ना काँड उहाँले बिजुलीझैँ प्रहार गर्नुहुनेछ। सार्वभौम परमप्रभुले तुरही फुक्नुहुनेछ, र दक्षिणबाट आँधी-बेहरीमा सवारी भई आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभु तिनीहरूकहाँ देखा पर्नुहुनेछ, र उहाँको काँड़ बिजुलीझैँ चम्कनेछ। परमप्रभु परमेश्वरले तुरही फुक्नुहुनेछ, र उहाँ दक्षिणका आँधीबेहरीमा भएर हिँड्दैजानुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेह तिनीहरूमाथि देखा पर्नुहुनेछ; उहाँको वाण बिजुलीझैँ चम्कनेछ। सर्वशक्तिमान् याहवेहले तुरही फुक्नुहुनेछ; उहाँ दक्षिणका आँधीहरूमा आउनुहुनेछ;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।