Zechariah 9:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ र तिनीहरूले आफ्ना शत्रुहरूलाई नाश पार्नेछन्। मतवालाझैँ तिनीहरूले लडाइँमा सोर मच्चाउनेछन् र बलि चढाएको पशुको रगत ठूलो कचौराबाट वेदीमा खनाएर बगेझैँ शत्रुको रगत तिनीहरूले बगाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। तिनीहरूले शत्रुलाई सर्वनाश पार्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूद्वारा तिनीहरूलाई पराजय गर्नेछन्। तिनीहरूले दाखमद्य पिउनेछन् र लागेझैँ गर्जनेछन्। तिनीहरू वेदीका कुना-कुनामा छर्कने ठूलो बटुका भरिएझैँ हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सेनाहरूका याहवेहले तिनीहरूलाई रक्षा गर्नुहुनेछ। तिनीहरूले नाश गर्नेछन्, र घुयेँत्रोका ढुङ्गाहरूले परास्त गर्नेछन्। तिनीहरूले पिउनेछन् र मद्य पिएझैँ गर्जनेछन्; तिनीहरू वेदीका कुनाहरूमा राखिएका ठूला-ठूला छर्कने कचौराजस्तै भरिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।