Zechariah 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उसो तिनीहरूले मनाइ गरिएको रगतसितको मासु खाने छैनन्। तिनीहरूबाट बाँकी रहेकाहरू मेरो प्रजाको एउटा भाग बन्नेछ र यहूदाको एउटा कुलजस्तै हुनेछ। यबूसीहरूजस्तै एक्रोन मेरो प्रजाको एउटा अंश हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दो कुरा निकालिदिनेछु। बाँकी रहेकाहरू परमेश्वरका हुनेछन् र यहूदामा ती कुलपतिजस्तै हुनेछन्, अनि एक्रोनचाहिँ यबूसीजस्तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतका बीचबाट घृणित कुरा खोस्नेछु। तिनीहरूबाट बचेका जतिचाहिँ हाम्रा परमेश्वरका हुनेछन्, र तिनीहरू यहूदाको वंशजस्तै हुनेछन्; एक्रोनचाहिँ यबूसीहरूजस्ता हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै।
Recommended Reading