Zephaniah 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यस दिन यरूशलेमको माछा ढोकामा रुवावासी चलेको सुन्नेछौ। सहरको नयाँ टोलमा विलाप गरेको सुनिन्छ र डाँडा-डाँडामा भयानक आवाज सुनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “त्यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्तिर जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन” याहवेह भन्नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ।